राजनीति

दुई सातामा कोटेश्वर-जडीबुटी जामको स्थायी समाधान हुने

फागुन २९, २०७५

    काठमाडौं : दशकौंदेखि सवारी जामको पीडामा गुज्रिरहेको कोटेश्वर-जडीबुटी खण्डको जाम स्थायी रूपमा समाधान हुने भएको छ।

    बालकुमारीदेखि मनोहरा कोरिडोर दुई हप्ता भित्रमा एकतर्फी रूपमा सञ्चालनमा आउने भएको छ। कोरिडोर सञ्चालनमा आउने भएपश्चात स्थायी रूपमा जामको समाधान हुने भएको हो। उक्त कोरिडोर सञ्चालनमा आएपछि उपत्यकावासीमा एउटा ठूलै राहत हुने भएको हो।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत विशेष पहलमा एक टोलीले सोमबार बालकुमारी पुलदेखि जडीबुटीको पुलसम्मको कोरिडोर सञ्चालनमा ल्याउने बारेमा स्थलगत निरीक्षण गरेको थियो।

    सांसद बस्नेतलेको नेतृत्वमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, सडक विभागका डिजी रवीन्द्र नाथ श्रेष्ठ, काठमाडौँ सडक डिभिजन कार्यालयका डिई कैलाश श्रेष्ठ, पिआइडीका प्रतिनिधि, नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि, निर्माण व्यवसायी, स्थानीय जनप्रतिनिधि तथा उक्त स्थानका सरोकारवाला व्यक्तित्वहरूको सहभागितामा भएको स्थलगत निरीक्षण तथा छलफलपश्चात दुई हप्ता भित्रमा एकतर्फि रूपमा यातायात सञ्चालन गर्ने गरी सडिक निर्माण गरिसक्ने सहमति भएको हो।

    पिआइडीले उक्त स्थानको कोरिडोर दुई हप्ता भित्रमा काम सम्मन्न गराई यातायात सहज ढंगले सञ्चालन गर्ने वातावरण सिर्जना गर्ने बताएको छ।

    त्यस्तै उक्त स्थानमा कोरिडोर निर्माण तथा यातायात सञ्चालन गर्न समस्या निम्त्याएका पाँचवटा विद्युतको पोलहरू तत्कालै प्राधिकरणले एक हप्तामा सार्ने र सडक निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।

    सांसद बस्नेतले निर्माण व्यवसायीलाई यो हप्ता भित्रमा अधिकाशंका सम्पन्न गरी अर्को हप्तादेखि एकतर्फी गाडी चलाउने गरी काम गर्न निर्देशन दिएका छन्। उनले कोरिडोर निर्माण गर्दै कुनै सामान्य समस्याहरु उत्पन्न भए त्यहाँका स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तित्वहरूले छलफल गरी उचित निश्कर्षमा पुग्नसमेत आग्रह गरेका छन्।

    पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले एक करोड ३० लाखको बेलीब्रिजको टेण्डर प्रकृया अघि बढिसेको र त्यस पछिका बाँकी काम तीव्र गतिमा अघि बढाउनसमेत सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]