खेलकुद

साफ च्याम्पियनसिप : भारतद्वारा माल्दिभ्स ६ गोलले पराजित

फागुन २९, २०७५

    विराटनगर : विराटनगरमा जारी पाँचौ साफ महिला फुटबल प्रतियोगितामा भारत वियजयी भएको छ। भारतले माल्दिभ्सलाई शून्यका विरद्ध ६ गोलले पराजित गरेको हो।

    खेल अवधिभर भारतले माल्दिभ्सलाई दबाबमा राखेको थियो। खेल सुरु भएको ८ औं मिनेटमा भारतका जर्सि नम्बर ११ की ग्रेस दाङ्मेइले गोल गरेकी थिइन्। पुनः १३ औं मिनेटमा जर्सिनम्बर २ कि स्वीटीदेवी नगङबमले अर्को गोल थपिन भने २२ औं मिनेटमा जर्सिनम्बर १२ कि इन्दुमती कथिरेसनले अर्को गोल थपिन्। खेलको २७ औैं मिनेटमा भारतकी खेलाडी जर्सिनम्बर ८ की सन्जुले हानेको बल गोलमा परिणत भएको थियो। त्यस्तै पहिलो हाफको इन्जुरी टाइममा भारतकी जर्सिनम्बर ७ कि रतनबालादेवी नोन्गामाइथिमले अर्को थोल थपिन्।

    दोस्रो हाफमा माल्दिभ्सविरुद्व निरन्तर दबाब बनाएको भारतले गोलका लागि अन्तिम समयसम्म पर्खन पर्‍यो। ९० औँ मिनेटमा सन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ६–० को जित दिलाइन्। दोस्रो हाफको अधिकांश समय भारतले माल्दिभ्सको पोस्ट निरन्तर आक्रमण बनेको थियो। माल्दिभ्सले कुनै पनि समय भारतको पोस्टमा एउटा पनि गतिलो मुभ बनाउन सकेन।

    जितसँगै भारतले समूह बीमा ३ अंक जोडेको छ। भारतले आगामी आईतबार श्रीलंकासंग खेल्नेछ। प्रतियोगिता विराटनगरको शहीद रंगशालामा खेल दिउँसो ३ बजे सुरु भएको हो। साफको यसअघि  सम्पन्न चारै प्रतियोगिताको उपाधि भारतले उचालेको थियो। भारतले अहिलेसम्म १९ वटा साफ प्रतियोगितामा पराजय व्यहोरेको छैन। सन् २०१६ को एसियन गेम्समा भारतले माल्दिभ्ससंग खेलेको थियो। सो खेल गोलरहित बराबरीमा सकिएको थियो। प्रतियोगिताको बलियो टोली भारतको प्रर्दशनमाथि नेपाल र बंगलादेशले पनि महत्वका साथ हेर्नेछन्। हिंजोसम्पन्न उद्घाटन खेलमा भने नेपालले भुटानलाई ३–० ले हराउँदै समूह चरणमा ३ अंक जोड्न सफल भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]