खेलकुद

लिभरपुलले हरायो वार्यनलाई

फागुन ३०, २०७५

    इंग्लिस क्लब लिभरपुलले जर्मन जाइन्ट वार्यन म्युनिखलाई ३–१ ले पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ। पहिलो लेग गोलरहित बराबरी भए पनि लिभरपुलले वार्यनलाइ उसकै मैदानमा पराजित गर्दा साडियो मानेले दुई गोल गरे भने थप एक गोल भार्न डाइकले गरे।

    खेलको ३६ औं मिनेटमा भर्जिल भान डाईकको पासलाई सदुपयोग गर्दै मानेले सुरुवाती अग्रता दिलाएका थिए। ३९औँ मिनेटमा लिभरपुलका जोएल माटीपले आत्मघाती गोल गरेपछि खेलमा म्युनिख कायमै रह्यो। तर दोस्रो हाफमा लिभरपुलले दुई गोल थपेपछि बार्यनको खराब च्याम्पियन्स लिग यात्राले निन्तरता पायो।

    ६९ औँ मिनेटमा जेम्स मिल्नरको कर्नरलाई भान डाईकले गोल गर्दे टिमलाई पुन अग्रता दिलाए। खेल सकिन ६ मिनेट बाँकी रहँदा पुन मानेले बराबरी गोल गरेका थिए। लिभरपुलको जितसँगै क्वार्टरफाइनलमा इंग्ल्यान्डका चार टिमले १० वर्षपछि क्वार्टरफाइनलमा स्थान बनाएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]