राजनीति

विप्लव भन्छन्, 'चन्दा उठाउनु नैसर्गिक अधिकार'

फागुन ३०, २०७५

    काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चन्दा उठाउनुलाई नैसर्गिक अधिकार भएको प्रतिक्रिया दिएको छ। 

    सरकारले लगाएको प्रतिबन्धपछि पहिलोपटक विज्ञप्ति जारी गर्दै विप्लवसमूहको नेकपाले विदेशी केन्द्रबाट पैसा लिएको पुष्टि समेत गरेको छ। 

    ‘हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ र उदाङ्गो खेल हाे।  हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौँ। कसैको दलाली गरेर कमिसन खाएका छैनौँ',नेत्रविक्रम चन्द विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौँ।  अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौँ भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो।’ 

    विप्लवले आफ्नो संगठनलाई प्रतिबन्ध लगाउनुको कुनै औचित्य नभएको भन्दै सरकारसँग कुनै पनि हालतमा नझुक्ने प्रष्ट पारेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]