राजनीति

विप्लवलाई मुख्यमन्त्रीको सुझाव : बन्द-हड्ताल छोडेर जनताको विश्वास जित्नुहोस्

फागुन ३०, २०७५

    दाङ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अब राजनीतिक रूपमा बहस र विवाद गर्नुपर्ने विषय केही नरहेको बताएका छन्। बिहीबार दाङको तुलसीपुरमा विश्व मिर्गौला दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    मुख्यमन्त्री पोखरेलले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका बारेमा धारणा राख्दै नेपालमा जनताको आकांक्षाको आधारमा हुने परिवर्तनका सम्पूर्ण क्लाइमेक्सका कुराहरू उपयोग गरिसकेको हुँदा बन्द गर्नुपर्ने कारण नभएको बताए। 'हिजोका दिनमा राजाले दिएको संविधान मानेनौँ, पार्टीहरूले बनाएको पनि मानेनौँ र आज जनताले चुनेर बनाएको संविधान सभाबाट संविधान बनाइसकेका छौँ', उनले भने, 'अब राजनीतिक रुपमा बहस विवाद गर्नुपर्ने विषय के छ?'

    मुख्यमन्त्री पोखरेलले जनताको विश्वास जित्ने हो भने मुलुकको एकता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता बाहेकका सबै चिज बदल्न सक्ने अधिकार संविधानले दिएको हुँदा अब बन्द हड्तालको औचित्य नरहेको बताए। उनले बन्द हड्ताल छोडेर जनताको विश्वास जित्ने गतिविधि गर्न विप्लवलाई सुझावसमेत दिए। समाजमा अस्थितरता र आतंक सृजना गर्ने हिसाबले गतिविधि गर्नुको कुनै जरुरी नरहेको उनको भनाइ छ।

    मुख्यमन्त्री पोखरेलले प्रदेश भित्रका तीनवटै प्रादेशिक अस्पतालमा मिर्गौला रोग उपचारको केन्द्र सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको बताए। ‘प्रदेशका तीनवटा प्रादेशिक अस्पतालमा मिर्गौला रोग उपचारको केन्द्र सञ्चालन गर्न हामी तयार छौँ। यसका लागि विज्ञ डाक्टरसावहरूले प्रस्ताव ल्याएर आए हामी सहकार्य गर्न तयार छौं', उनले भने।

    साथै उनले प्रदेश भित्रका तीनवटा प्रादेशिक अस्पतालको स्तरवृद्धि गर्न प्रदेश सरकारले योजना बनाएको बताए। उनले तीनवटा अस्पताललाई फरक–फरक विशेषज्ञ सेवाको रूपमा विकास गर्ने बताए। ‘हामीले प्रदेश भित्रका तीनवटा प्रादेशिक अस्पतालमध्ये कुन अस्पताललाई कुन विशेषज्ञको रूपमा विकास गर्ने भन्ने योजना बनाएका छौँ’ उनले भने, केन्द्रले त्यहीअनुसार अधिकार दिए हामी अस्पतालको स्तरवृद्धि गर्न तयार छौँ।

    त्यसैगरी कार्यक्रममा मिर्गौलारोग विषशेज्ञ डा. ऋषिराम काफ्लेले मिर्गौला बचाउन खानपानमा ध्यान दिन तथा शारीरिक व्यायम दिनहुँ गर्न आग्रह गरे।  उनले जंकफुडभन्दा घरमा बनेको खानेकुरा खानु पर्ने, दैनिक १० हजार पाइला (७ किलोमिटर) हिड्नुपर्ने, वर्षमा एक पटक मिर्गौला जाँच गराउनु पर्ने लगायतका कुराहरूमा ध्यान दिनुपर्ने बताए। अहिले ६० देखि ६५ प्रतिशत मानिसहरू नसर्ने रोगबाट मृत्यु भएको समेत बताए।

    दाङमा गत आर्थिक वर्षमा २७ हजार ९ सय रक्तचापका बिरामी, १६ हजार ४ सय ११ बिरामी मिर्गौला थिए। जसमा ८ सय २० जनाको हाल डायलासिस भइरहेको छ भने २१ हजार बढी डायबिटिजका बिरामी रहेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]