काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटव...
काठमाडौं : न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा शुक्रबार बिहान भएको गोलीकाण्डमा ४९ जना सर्वसाधारण मारिएको खबरबाट सरकार स्तब्ध भएको बताएको छ। अविवेकी आतंकवादी गतिविधि भएको भन्दै उक्त घटनाको सरकारले घोर निन्दा गरेको छ।
न्यूजिल्याण्ड सरकार तथा उक्त हमलामा ज्यान गुमाएकाहरूका परिवारजनमा नेपाल सरकारले हार्दिक समवेदना व्यक्त गरेको छ। साथै सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
शुक्रबार बिहान १ बजेतिर न्युजिल्यान्डको क्राइस्टचर्च नजिकैका दुई मस्जिदमा भएको गोलीकाण्डमा ४९ जना सर्वसाधारण मारिएका छन् भने २० जना घाइते भएको बताइएको छ।
घाइते सबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांशलाई गम्भीर चोट लागेकोले मृतक संख्या बढ्न सक्ने बताइएको छ। न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले आजको दिनलाई कालो दिनको संज्ञा दिएकी छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।