राजनीति

अधिकार हातमा लिएर हुकुमी शासन लाद्न खोजियो : गगन थापा

चैत १, २०७५

    जनकपुरधाम : जनकपुरधाम नेपाली कांग्रेसका नेता गगन थापाले ओली नेतृत्वको सरकारले दुई तिहाईको दम्भमा जनताको भावनालाई कुण्ठित गर्दै प्रजातन्त्र मास्न तर्फ उद्धत् रहेको आरोप लगाएका छन्। उनले सरकारले न्यायालय, अख्तियार जस्ता संवैधानिक निकायहरुलाई आफ्नो हातमा लिएर आफू अनुकूल चलाउन खोजेको तथा पंगु बनाएर अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका हुन्।

    नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको जनकपुरधाममा आयोजना गरिएको दशौं केन्द्रीय परिषद्को भेलामा बोल्दै थापाले दुई तिहाइको अनुकूल स्थिति रहे पनि सरकारको अपरिपक्वताका कारण मुलुकमा द्वन्द्वको खतरामा प्रवेश गर्ने अवस्था सिर्जना हुँदै गएको बताए। नेता थापाले सरकारकै कारण गणतन्त्र संकटमा पर्ने सक्ने संशय बढेर गएको बताउदै विकास र समृद्धिका झुटा सपना बाँडेर भुक्याउन माहिर सरकार जनताको आधारभूत आवश्यक्ता समेत पुरा गर्न नसकेको उनको आरोप थियो।

    प्रधानमन्त्री ओलीलाई व्यङ्गशैलीमा थापाले भने, ‘मैले प्रधानमन्त्रीलाई सोधे प्रधानमन्त्रीज्यू विद्यालयमा शिक्षक छैनन, उहाँले भन्नुभयो हल्ला नगर बाबु पहिला रेल आउँछ, रेल चढेर शिक्षक आउनु हुन्छ। स्वास्थ्य संस्थामा चिकित्सक कहिले आउने सोध्दा प्रधानमन्त्री भन्नु हुन्छ, पानी जहाज आउँदैछ, पानी जहाजमा चढेर डाक्टर आउनुहुन्छ।'

    प्रधानमन्त्री ओलीको सपनामा पूर्वाधार रहे पनि नेपाली जनता नहरेको उनको जिकिर थियो। प्रधानमन्त्रीलाई चुनावमा मत दिएका उहाँका क्षेत्रका सुकुम्बासीहरू घर टहरा कहिले बन्ने भनेर बाटो कुरेर बसेका छन,’ थापाले भने, ‘तर प्रधामन्त्री भन्नु हुन्छ, दुई करोड खर्चेर दमकमा भ्यू टावर बनाउँदै छु, त्यहाँ बसेर सबैलाई हेर्नेछु।’

    नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका थापाले सरकारको अनुकूल अवस्थामा रहे पनि मुलुकमा हिंसाको संकेत, विखण्डनका आवाज उठ्नु सरकारको लाचारी रहेको उनको भनाइ थियो। सरकार भित्रको सम्पूर्ण अधिकार प्रधानमन्त्रीले आफ्नो हातमा लिएर हुकुमी शासन लाद्न खोजेको बताउँदै थापाले संघीयता चल्न नसक्ने भन्ने व्यक्ति पनि उनी नै रहेको आरोपको जिकिर गरे।

    सरकारको लाचारीपनले मुलुक दुर्घटनामा फस्ने खतरा दिनप्रतिदन बढेर गएको बताउँदै थापाले विप्लवलाई हतियार बनाएर सरकारले मुलुकमा हिंसाको अवस्था उत्पन्न गर्न खोजिरहेको भन्दै उनले विखण्डनको कुरा गर्ने सिके राउतलाई जबाफ दिन मधेशकै जनता काफी रहेको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]