काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
काठमाडौं : गीतकार दिव्या राईको गीति एल्बम ‘परदेशी’ सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा विमोचन भएको एल्बममा विदेशिएका नेपालीहरुको पीडा र आफ्नो देशप्रतिको मायामा ओतप्रोत शब्द रहेको रचनाकार राईको भनाइ छ।
एल्बमका समेटिएका गीतहरुमा चन्द्रकान्त पौडेलको स्वर तथा संगीत रहेको भने चन्दु गोर्खालीले एरेन्ज गरेका छन्। एल्बमका गीतको भिडियो विकास दाहालले सम्पादन गरेका छन्। कल्याणी ठकुरी, शिल्पा बिमली, चन्द्रकान्त पौडेल र वैष्णवी पौडेलको अभिनय रहेको छ। प्रकाश धितालको नृत्य निर्देशन रहेको म्युजिक भिडियोलाई अजय रेग्मीले सुन्दर तरिकाले क्यामरामा कैद गरेका छन्।
एल्बमको बिक्रीबाट संकलन हुने रकमको ५० प्रतिशत मिर्गौला रोगबाट पीडितहरुको सेवामा समर्पित गर्ने घोषणा गरिएको थियो।
छ वर्षदेखि प्रवासमा रहेर नेपाली गीत–संगितको जगेर्नामा लागेकी दिव्याले जहाँ पुगे पनि आफ्नो देशको मायाले नछोड्ने सुनाइन्। सपनामा पनि आफ्नै गाउँ–आँगनमा खेलिरहेको देख्ने नेपालीहरुका लागि विदेशिनु बाध्यता भएको पनि बताइन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।