समाज

कटारीमा तीन घरमा आगलागी, १८ लाखको क्षति

चैत २, २०७५

    उदयपुर : कटारी नगरपालिका–१० बेंसीमा रहेको शेरबहादुर सुनुवार र विचारी सुनुवारको घरमा आगलागी भएको छ। शुक्रबार साँझ एको आगलागीमा १८ लाख रुपैयाँ बराबरको क्षति प्रहरीको प्रारम्भिक अनुमान छ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रवेद राईका अनुसार आगलागीबाट शेरबहादुरको ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुई तले दुई वटा घर, घरमा रहेको नगद, अन्नपात, लत्ता कपडाका साथै बाख्राका ४० वटा पाठापाठी जलेका छन्। उको करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

    यस्तै, विचारीको ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुई तले घर, घरमा रहेको नगद, अन्नपात जलेको छ। उनको करिब आठ लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]