समाज : सुरक्षा/अपराध

प्रहरीलाई घुस दिन खोज्ने दुई पक्राउ

चैत २, २०७५

    काठमाडौं : प्रहरीलाई घुस दिन खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीलाई घुस दिन खोज्ने ओखलढुंगा सुनकोशी गाउँपालिका ८ घर भई हाल काठमाडौं बौद्ध नयाँबस्तीका भेषराज थापा र अर्जुन बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    गएराति काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ८ गोठाटारमा बा४५प ९६३३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा कागजपत्र नभएको कारण उनीहरूले प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिएका थिए। प्रहरीले नगदर र मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    यसबीच, प्रहरीले अवैध लागुऔषधसहित २ जानलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेक प्वाइन्टबाट काठमाडौं महानगरपालिका १६ मनमैजु बस्ने परिमोल तामाङ, रौतहटका कोमल मगर पक्राउ गरेको हो।

    शनिबार बिहान साढे सात बजे गौरबाट काठमाडौं आउदै गरेको ना ५ ख ३०२० नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरू लागूऔषधसहित पक्राउ परेका महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]