समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

चैत २, २०७५

    लहान : पूर्व-पश्चिम सडकअन्तर्गत सिरहाको चोहर्वामा मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु भएको छ।

    पूर्वपश्चिम सडक अन्तर्गत नरहा गाउँपालिका ३ चोहर्वामा शनिबार बिहान करिब १० बजेतिर भएको दुर्घटनामा घाइते भएका १८ वर्षीय अजय कुमार ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालका अनुसार घाइते ठाकुरलाई मिर्चैयास्थित मंगलम हस्पिटलमा उपचार गरी थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

    पूर्वबाट पश्चिमतर्फ तीव्र गतिमा जाँदै गरेको ज. १२ प ६६४९ नम्बरको मोटरसाइकल अनियन्त्रि भई दुर्घटना हुँदा ठाकुर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक ठाकुर सिरहाको नरहा गाउँपालिका ३  पानबारीका स्थायी बासिन्दा हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]