काठमाडौं : पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण मंगलबार बिहान देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वा...
काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता पूर्वमन्त्री महेश बस्नेतले विकासमा आमूल फड्को मारिरहेको भक्तपुरले अबका दिनमा विकास खोज्ने भन्दा पनि विकासले भक्तपुर खाज्ने दिन आएको बताएका छन्।
भक्तपुरमा आयोजित आडाम्स ठिमीको २३औँ वार्षिक साधारणसभा उद्घाटन सत्रमा नेता बस्नेतले आम भक्तपुरवासीको सपना र चाहनाअनुसार विकासले तीव्रता पाएको भन्दै अबका दिनमा भक्तपुरले अध्याँरोमा बस्ने दिनको अन्त्य भएको बताए।
सांसद बस्नेतले भक्तपुरमा धेरै ठूला तथा साना सडक निर्माणका काम भइरहेको बताउँदै हनुमन्ते नदीमा पाँच वटा पुलसमेत निर्माण अघि बढिरहेको जानकारी गराए। 'भक्तपुरमा अरनिको राजमार्गको वैकल्पिक सडकको रूपमा हनुमन्ते नदीको कोरिडोर निर्माण द्रुत गतिमा अघि बढिरहेको छ', उनले भने, 'काठमाडौंको पेप्सीकोलादेखि सल्लाघारीसम्मको सडक विस्तारको कामले पनि तिव्रता पाएको छ।'
सांसद बस्नेतले हुनमन्ते नदीको करिडोर निर्माण सम्पन्न भएपश्चात भक्तपुरका जनताले डुबानको समस्या सधैँका लागि अन्त्य हुने बताए। उनले करिडोर बनेसँगै ढल व्यवस्थापनलाई समेत विशेष ध्यान दिनुपर्ने र आधुनीक तवरले कोरिडोर तथा ढलको काम अघि बढिरहेको भक्तपुरमा सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, पर्यटन लगायतविकास निर्माणका कार्यहरू जनताको चाहना र आवश्यकताअनुसार व्यवस्थित ढंगले अघि बढिरहेको जानकारी गराए।
विकासमा नकरात्मक सोचको विकास गर्न नहुने भन्दै बस्नेतले समस्या देखाएर विकासविरोधी गतिविधि तथा अनावश्यक रूपमा विकासका नाममा राजनीति नगर्न समेत आग्रह गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।