काठमाडौँ : निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा ११८ वटा राजनीतिक दल छन्। संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा...
काठमाडौंः बिहान ११ बजे डाकिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अपरान्ह साढे तीनमा पनि शुरु हुन सकेको छैन। लामो समयदेखि छलफलमा रहेको अनुशासन समिति र निर्वाचन समितिको गठनमा सहमति जुट्न नजसक्दा बैठक बस्न नसकेको हो।
तर, पार्टीका केन्द्रीय सदस्यहरु संसद् बैठकमा सहभागी हुनुपर्ने भएका कारण बैठक बस्न ढिलाइ भएको कांग्रेसले जनाएको छ। यसअघि पनि अनुशासन र निर्वाचन समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षबीच सहमति बन्न नसक्दा पौडेर र सिटौलापक्षले बैठक नै बहिस्कार गरेका थिए।
यसैबीच, कांग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघका विद्यार्थीले धर्ना दिएका छन्। पार्टीको केन्द्रीय समिति बैठकका लागि नेताहरू पार्टी कार्यालय पुग्नुअघि नै विद्यार्थीले धर्ना दिएका हुन्।
नेविसंघको महाधिवेशन यथाशीघ्र हुनुपर्ने, तदर्थ समिति गठन गर्दा ३२ वर्षे उमेर हद लागू हुनुपर्ने, विधान कार्यान्वयन हुनुपर्ने लगायत माग राखेर सिटौला निकट मानिएका विद्यार्थीले धर्ना दिएका हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।