राजनीति

निजगढ विमानस्थलको काम सुरु नभएकोमा पूर्व प्रम नेपाल असन्तुष्टि
SHARES

चैत ४, २०७५

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्न ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। नेता नेपालले सो विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु पर्ने बताएका हुन्।

    सोमबार संघीय संसदको  अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले कुनै पनि बहानामा सो विमानस्थलको निर्माण कार्यमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए। वरिष्ठ नेता नेपालले सो विमानस्थलको निर्माणका लागि प्रभावित क्षेत्रका जनताको उचित बसोबासको व्यवस्था गर्ने कार्यलाई तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे। उनले रन वे निर्माणका लागि सो क्षेत्रको जग्गा अधिग्रहणको काम सम्पन्न गर्न सरकारले ढिलाई नगर्न नहुने पनि स्पष्ट पार्नु पारे।

    वरिष्ठ नेता नेपालले सो विमानस्थल निर्माणको कामलाई अघि बढाउन स्थानीय जनताले दवाव दिईरहँदा पनि सरकारले चासो नदिएको गुनासो गरे। स्थानीय जनतासँग आवश्यक परामर्श गरेर सो विमानस्थल निर्माण कार्यलाई सहज ढंगले अघि बढाउन सरकारलाई वरिष्ठ नेता नेपालको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]