डुंगाको माध्यमबाट इङ्लिस च्यानल पार गरेर आउने शरणार्थीलाई रुवाण्डा पठाउने महत्त्वाकांक्षी विधेयक बेलायतको संसदबाट पारित भएको छ । प्र...
समुद्री आँधीका कारण मोजाम्बिकमा एक हजारभन्दा बढीको मृत्यु भएको छ। मोजाम्बिकका राष्ठ्रपति फिलिप नुरीले आँधीका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको जनाएका छन्।
प्रतिघण्टा १७७ किलोमिटरको बेगमा आएको आँधीले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति पुर्याएको छ। बिहीबारदेखि नै त्यहाँ ठूलो वर्षासहितको आँधीले क्षति पुर्याउन थालेको भए पनि उद्धारकर्मीहरू भने आइतबारदेखि मात्र त्यहाँ पुग्न थालेको बताइएको छ। आँधीका कारण अफ्रिकाका दक्षिणी भेगमा १८० जनाको मृत्यु भएको छ। हवाइ निरीक्षणका बेला बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखिएको सरकारी अधिकारीहरुले बताएका छन्।
त्यसअघि रेडक्रस र रेड क्रेसेन्ट सोसाइटीले आँधीको प्रभावलाई ‘ठूलो र भयानक’ बताएका थिए। झण्डै पाँच लाख मानिसको बसोवास रहेको बेयरामा ९० प्रतिशत शहर ध्वस्त भएको जनाइएको छ। आँधीका कारण सडकसहित धेरै ठाउँमा जमिन भासिएका छन्। जसका कारण राहत कार्य झन् चुनौतीपूर्ण हुने बताइएको छ।
आँधीका कारण जिम्बाब्वेमा ९८ जनाले ज्यान गुमाउनुका साथै २१७ जना हराइरहेको त्यहाँको सरकारले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।