समाज

त्रिशूलीमा ट्रक खस्दा एक जनाको मृत्यु, चार घाइते

चैत ५, २०७५

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिक दुई नम्बर पुलको ठाडो खोलामा मंगलबार बिहान ट्रक खस्दा एक जनाको मृत्यु भएको छ। त्रिशूलीमा झर्ने खोलामा ट्रक खस्दा ट्रकले किचेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

    दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको पुरानोे मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य दुई जनालाई भरतपुरतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

    मुग्लिनबाट नारायगढतर्फ आउँदै गरेको ना ५ ख १४३ नम्बरको ट्रक इच्छाकामना गाँउपालिका–५ कालीखोला नजिकै ठाडो खोलामा बिहान ७ः१५ बजे अनियन्त्रित भई सडकबाट करिव ७० मिटर तल खसेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]