अर्थ

बुद्ध एयरले भित्र्यायो एटिआर ७२–५०० जहाज
SHARES

चैत ५, २०७५

    काठमाडौं : निजी क्षेत्रको विमान सेवा प्रदायक बुद्ध एयरले १२ औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ। उक्त जहाज फ्रान्सको टुलुजस्थित एटिआर कम्पनीले निर्माण गरेको हो।

    नाइन एन एएमवाई कलसाइन रहेको जहाज सोमबार राति साढे ८ बजे त्रिभुवन अन्तर्रास्ट्रिय  विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो। कम्पनीसँग थपिएको जहाजसहित सात वटा एटिआर ७२–५००, तीनवटा एटिआर ४२–३२० र दुईवटा बिचक्राफ्ट १९०० डी रहेको छ।

    नयाँ जहाजको रंगरोगन तथा प्राविधिक कार्यपछि अर्को महिनाबाट उडान भर्ने कम्पनीले जनाएको छ। थपिएको जहाजले नियमिति मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पुर्याउने बताइएको छ।  

    बुध्द एयरले जेठ १३ देखि एटिआर ७२–५०० बाट भारतको कोलकोता पनि उडान भर्ने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]