विश्व

चीनमा रोजगार बजार स्थिर

चैत ५, २०७५

     सन् २०१८ मा चीनको रोजगार बजारमा नयाँ विशेषतासहितको स्थिरता देखिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ। 

    चीनको औषत मासिक तलबमा अघिल्लो बर्षको तुलनामा गत बर्षको अन्तिम तीन महिनामा ३.९ प्रतिशतले वृद्धि भै प्रति महिना एक हजार २७ अमेरिकी डलर अर्थात् आठ हजार ९६ युआन पुगेको चीनको रोजगार बजारबारे अध्ययन गर्ने संस्था ‘फरवार्ड इन्स्टिच्युट’ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। 

    यसैगरी आठ हजार युआनभन्दा बढी तलब रहेका काममा भने यस समयमा शीघ्र बिस्तार भई समग्रमा ३२.२ प्रतिशतसम्मको वृद्धि भै भएको चीनले जनाएको छ। यो रोजगार बजारमा तलबमान व्यवस्थापनका लागि ठूलो राशी हो। 

    चीनमा गत बर्ष रोजगारीका लागि सूचना प्रबिधि क्षेत्र सबैभन्दा आकर्षक क्षेत्र ठहरियो भने शिक्षा तथा तालिम क्षेत्र दोस्रो आकर्षण बनेको छ। शिक्षा तथा तालिम क्षेत्रले गत बर्षको इन्टर्नेट तथा इ–कमर्स क्षेत्रमा देखिएको रोजगारका हिसाबले आकर्षक गन्तव्यलाई विस्थापित गरेको रिपोर्टमा उल्लेख छ। 
    चीनमा सामाजिक सञ्जालको बढ्दो आकर्षणका कारण सन् २०१३ देखि सन् २०१७ सम्ममा नयाँ सञ्चारमाध्यमको व्यवस्थापनका लागि रोजगारका अवसरको मागमा १०.८ गुणाले बढेको देखिएको छ। यो क्षेत्रमा रोजगारका अवसरको माग अन्य पेशा वा व्यवसायको तुलनामा निकै छिटो चालमा रहेको भेटिएको तथ्याङ्कमा उल्लेख छ। 
    चिनियाँ शिक्षित नागरिकले पछिल्लो समय रोजगारीका लागि छेन्दु, हाङझाउ, तथा उहानलाई प्राथमिकतामा राख्ने गरेका पाइएको अध्ययनले जनाएको छ। यस पहिले रोजगारीका लागि आकर्षक गन्तव्यका रूपमा रहेको अग्रणी गोन्झाओ शहर चौथो स्थानमा पुगेको छ। 
    प्रतिवेदनले परिवर्तनका लागि विशेषताका रूपमा मानेका क्षेत्र आर्थिक वृद्धि, उच्च आवास तथा सरकारद्वारा ठूलो अनुदान प्रवाह भएका नयाँ शहरहरू हुन्। 
    नीति निर्माताहरूले रोजगारीका लागि बजारको अनुगमन गर्दा रोजगारकर्मीलाई वीमा सुविधा, दक्ष जनशक्तिका लागि दिइने तालीममा अनुदान, तथा भारी कर छुटलाई आधार बनाएको थियो। चिनियाँहरूलाई उनीहरूको व्यवसाय स्थापनाका लागि प्रदान गरिएको अनुकुल नीतिले पनि चिनियाँहरूले व्यक्तिगत रूपमा लगानी गर्ने वातावरण बनेको निष्कर्ष निकालिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]