इलाम : नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनलाई लक्षित गरी आज चुनावी सभा आयोजना गरेको छ। सभालाई एमाले अध्यक्ष...
नेता नेपालसहित उपप्रधानमन्त्री तथा मन्त्रीहरू सहभागी
काठमाडौं : रङहरूको पर्व फागू पूर्णिमा बुधबार पहाडी क्षेत्रका नेपालीहरूले धुमधामका साथ मनाएका छन्। पहाडी क्षेत्र भएकाले संघीय राजधानी काठमाडौंमा पनि बुधबार फागु पर्व भव्यताका साथ मनाइएको छ। शहरका प्रत्येक चोक-खुला चौरहरूमा विशेष नाचगान तथा रङ लगाएर फागु मनाइएको छ।
यसै, सन्दर्भमा नेपाल सरकारका मन्त्रीहरूले पनि रंग खेलेर फागु मनाएका छन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुल्चोकस्थित मन्त्री निवास हरिहरभवनमा फगुवा मनाउने कार्यक्रम सम्पन्न गरेका छन्। मन्त्री पण्डितले आयोजना गरेको फगुवा कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलदेखि कलाकारहरूको समेत उपस्थिति थियो।
त्यसक्रममा उपप्रधानमन्त्री पोखरेलसहित नेकपाका वरिष्ठ तथा पूर्वप्रधानमन्त्री नेता माधवकुमार नेपाल, ऊर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा, खानेपानी मन्त्री विना मगर लगायतका मन्त्रीहरू सहभागी थिए। यसैगरी, कलाकारहरू केदार घिमिरे 'माग्ने बूढा', जितु नेपाल, सासदहरू तथा कार्यकर्ताहरू सहभागी भएका थिए। यसैगरी मन्त्रीहरूले आ-आफ्नै बासस्थानमा पनि फागुपर्व मनाएका थिए।
हेर्नुस् केही तस्विरहरूः
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।