खेलकुद

साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको उपाधी जित्ने दाबी

चैत ७, २०७५

    विराटनगर : विराटनगरमा जारी पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको फाइनल खेल शुक्रबार हुदैछ। प्रतियोगिता हुनु भन्दा एक दिन अगाडि आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतका फुटबल टोलीले उपाधि आफूले जित्ने दाबी गरेका छन।

    भारतले यसअघि चार पटक उपाधि जितिसकेको छ। साफमा भारत बलियो भए पनि भारतलाई हराएर यसपटक नेपालले रेकर्ड ब्रेक गर्दै उपाधि जित्ने दाबी गरेको छ। नेपालले भारतसँग अघिल्ला दुई खेलमा एक जित र एक बराबरी खेलेका कारण यस पटक खेलाडीहरूको मनोबल उच्च छ।

    नेपाली खेलाडीहरूको प्रदर्शनमा सुधार आएको कारण भारतसँग झुकेर नखेल्ने नेपाली टिमको भनाइ छ। प्रशिक्षकले दिएको रणनीतिअनुसार खेल्दै घरेलु मैदानमा उपाधि जित्ने नेपाली खेलाडीको दाबी छ। ‘हामीले भारतसँग अघिल्ला दुई खेलमा एक जित र एक बराबरी खेलेका छौँ,’ नेपाली फुटबल टोलीका प्रशिक्षक हरि खड्काले भने, ‘भोली हाम्रो दिन हो। पक्कै पनि हामी जित्ने छौँ।’

    यता भारतले पनि नेपालको मैदानबाट उपाधी लिएर जाने दाबी गरेको छ। हिरो गोल्ड कपमा नेपालसँगको हारले टिममा खासै असर नगरेको भारतीय प्रशिक्षक म्यामोल रकीको भनाइ छ। ‘हिरो कपमा व्यहोरेको हारले हाम्रो टिममा खासै असर गरेको छैन,’ प्रशिक्षक रकीले भनिन्, ‘हामी उपाधि लिएर जानेछौँ।’ उनले पाँचौ पटक उपाधि जित्ने लक्ष्यसहित नेपाल आएको र उपाधि लिएरै जाने बताइन।

    बुधबार भएको सेमिफाइनलमा श्रीलंकालाई ४–० ले पराजित गर्दै नेपालले फाइनलको यात्रा तय गरेको थियो। दोस्रो सेमिफाइनल खेलमा बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै भारतले नेपालसँगको भेट पक्का गरेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]