छापा

भारतको चुनावमा नेपाल र नेपालीको मानमर्दन
SHARES

फोटो : एजेन्सी
चैत ८, २०७५

    नयाँदिल्ली : भाारतमा लोकसभा चुनाव आउन केही हप्तामात्र बाँकी रहँदा नेताहरूबीच नेपाल र नेपालीको मानमर्दन हुनेगरी टिप्पणी गर्ने क्रम बढेको छ। 

    महाराष्ट्र नवनिर्माण सेना(एमएनएस) प्रमुख राज ठाकरेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सातादेखि सामाजिक सञ्जालमा सुरु गरेको ‘मै भी चौकीदार’(म पनि चौकीदार) अभिनको विरोध गर्ने क्रममा नेपाललक्षित टिप्पणी गरेका छन्। मोदीको त्यो अभियानको विरोध गर्दै ठाकरेले लोकसेवा चुनाव नेपालमा नभएर भारतमा हुन लागेको टिप्पणी गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ।

    'यो अरु केही नभएर नौटंकीमात्र हो। के हो यो चौकीदार भन्ने कुरा? के चुनाव नेपालमा हुन लागेको हो कि भारतमा?’ ठाकरेले भनेका छन्।

    सन् २०१४ को चुनावताका मोदीले आफू मुलुकको चौकीदार भएको दाबी गरेका थिए। मोदीले मुलुकको चौकीदार दाबी गरेको पाँच वर्षपछि रफाल लडाकु विमान खरिदमा ठूलो भ्रष्टाचार भएको आरोप लगाउँदै विपक्षी भारतीय राष्ट्रिय कांग्रेसलगायत दलले उनीविरुद्ध ‘चौकीदार चोर है’ भन्ने मुख्य नारा बनाएका थिए।

    यसअघि गतसाता आमआदमी पार्टीकी नेतृ अल्का लाम्बाले पनि नेपाललाई जोडेर मोदीको चौकीदार अभियानको विरोध गरेकी थिइन्। उनले इमानदार चौकीदार नेपालबाट मगाउन सकिने भएकाले तिनै चौकीदारलाई प्रधानमन्त्री बनाउन आग्रह गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]