समाज

१६४ किलो चरेस बरामद

चैत ८, २०७५

    धादिङ : प्रहरीले पृथ्वी राजमार्गबाट १६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ। 

    भारतीय नम्बर प्लेटको युपी १९ टी ५१७१ नम्बरको ट्रकमा लुकाएर भारत लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान  गजुरी गाउँपालिका–१ नजिकै पृथ्वीराजमार्गबाट चरेस बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए। 

    उनका अनुसार भारत उत्तर प्रदेश निवासी २५ वर्षीय मौ महातपलाई पक्राउ गरी हिरासतमा लिइएको छ। काठमाडौंबाट भारततर्फ जान लागेको ट्रकको क्याबिनमा आठ बोरामा लुकाएर लग्न लागेको अवस्थामा सो लागुऔषध बरामद भएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]