काठमाडौं : गण्डकी सरकारविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको आज सुनुवाइ हुँदैछ। गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्...
काठमाडौं : राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसदहरूले विकास निर्माणका विषय उठाएका छन। सरकारले विकास निर्माणमा भइरेका ढिलाइ लगायत जनताका आवश्यकता पूरा गर्नुपर्ने सांसदले बताए।
राष्ट्रियसभा सदस्य धनकुमारी खतिवडाले राजधानी काठमाण्डौं र ललितपुरका विभिन्न सडक खण्ड निर्माणको क्रममा धुलाम्य भएको तथा केही रुटमा सवारी साधन संञ्चालनमा रोक लगाइएको तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराइन। उनले केहि ठाउँमा पुल पनि जिर्ण भएको बताइन।
सांसद नन्दा चपाईले सुर्खेतको पञ्चपुरी हेल्थसेन्टरमा विद्युत् आपुर्ति र विशेषज्ञको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन। प्रकाश पन्तले पृथ्वीराजमार्गको नौबिसे पोखरा राजमार्गको मर्मत सुधार तथा वैकल्पिक राजमार्ग निर्माण बारे सरकारको ध्यानाकर्षण गराए। उनले उक्त सडक खण्ड निर्माण सम्पन्न नभएकोमा आपत्ति जनाए।
मुक्ताकुमारी यादवले धनुषा र सिरहा जिल्ला जोड्ने कमलानदीको पश्चिम र पुर्वक्षेत्रमा पुल निर्माणको पहल गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए। युटोल तामाङले नयाँ कानुन तुरुन्तै लागू गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।