का\ठमाडौं : एसोसिएट क्रिकेटको एल क्लासिको मानिएको बहुप्रतिक्षित नेपाल र यूएईबीचको खेल आज हुँदैछ। ओमानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइन...
पराजयको जिम्मा म लिन्छु : प्रशिक्षक खड्का
विराटनगर : विराटनगरमा सम्पन्न पाँचौं साफ च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता नेपालकी सावित्रा भण्डारी र भारतकी ईन्दुमती काथिरिसान बनेका छन्।
प्रतियोगितामा चार/चार गोल गरेका दुवैले सर्वाधिक गोलकर्ताको अवार्ड बाँडेका छन्। प्रतियोगितामा सावित्रा सबै टिमविरुद्व गोल गर्न सफल भएकी छन्। उनले भुटान, बंगलादेश, श्रीलंका र भारतविरुद्व समान १–१ गोल गर्न सफल भइन् । बंगलादेशविरुद्व दुई गोल गरेकी ईन्दुमतीले श्रीलंका र माल्दिभ्सविरुद्व समान १/१ गोल गरेकी थिइन्।
यस्तै फाइनलमा गोल गर्दै सावित्रा राष्ट्रिय महिला फुटबल टिमबाट सर्वाधिक दोस्रो गोलकर्ता बन्न सफल भएकी छिन्। उनले जमुना गुरुङको २५ गोलको कीर्तिमान भंग गरेकी हुन्। उनको राष्ट्रिय टिमबाट गोल संख्या २६ पुगेको छ। सबैभन्दा बढी गोलको रेकर्ड भने अनु लामाको नाममा छ। उनले राष्ट्रिय टिमबाट ३५ गोल गरेकी छिन्।
यस्तै, सम्पन्न प्रतियोगितामा भारतकी डालिमा चिपर ‘मोस्ट भ्यालुयवल प्लेयर’ घोषित भइन्। बंगलादेशले भने ‘फेयर प्ले’को अवाड जितेको छ।
पराजयको जिम्मा म लिन्छु : प्रशिक्षक खड्का
विराटनगरमा सम्पन्न पाँचौं महिला साफ प्रतियोगितामा हार व्यहोरेको नेपाली राष्ट्रि महिला फुटबल टिमका प्रशिक्षक हरी खड्काले भारतसँगको पराजयको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन्।
प्रतियोगितापछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक खड्काले प्रशिक्षकको हिसाबले नेपालको पराजयको जिम्मेवारी आफ्नो हुने भन्दै सबै फुटबल प्रेमीसँग माफीसमेत मागेका छन्।
भारतको टिम निकै शक्तिशाली भए पनि नेपाली खेलाडीले मेहेनतका साथ खेलेको उनको भनाइ थियो। अब लगानी गर्ने समय आएको उल्लेख गर्दै प्रशिक्षक खड्काले महिला फुटबललाई पनि निरन्तरता दिइनुपर्नेमा जोड दिए।
यता भारतीय टिमकी प्रशिक्षक मायामोल रक्कीले आफ्नो टिम जितका लागि लायक भएको बताइन्। खेल निकै रोमाञ्चक रहेको बताउँदै उनले हिरो कपको बदला लिन पाएकोमा आफूलाई खुसी लागेको बताइन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।