समाज

महाकालीको पानी पिउन अयोग्य

चैत ८, २०७५

    डडेल्धुरा : नेपाल–भारतको सीमा भएर बग्ने महाकाली नदीको पानी दूषित रहेको पाइएको छ। पानीको शुद्धिरण मापन गर्दा नदीबाट पानी सिधै पिउन योग्य नरहेको पाइएको हो।

    महाकाली नदीमा मिसिने नेपाल–भारत दुवै तर्फका खोलाको पानीको शुद्धता गुणस्तर मापन गर्दा सिधै पिउन योग्य नरहेको भेटिएको हो।

    शुक्रबार विश्व पानी दिवसका अवसरमा पहिलो पटक महाकालीको पानीको शुद्धता गुणस्तर मापन गर्दा दूषित पानी रहेको पाइयो। ‘वल्ड वटर डे’ को अवसरमा शुक्रबार वातावरण विद्को उपस्थितीमा समुदायका स्थानीयहरूलाई नै पानीको शुद्धता गुणस्तर मापन गराउँदा खोलाबाट पानी सिधैं पिउनका लागि उपयोग गर्न नसकिने पाइएको हो।

    महाकाली नदीमा मिसिने खोलाको महाकाली किनार बाटै पानी निकाली शुद्धता गुणस्तर मापन गर्दा दूषित पाइएको वातावरण विद् कृष्णदेव जोशीले बताए। पानी शुद्धता गुणस्तरका लागि अपनाइने २७ विधि मध्ये सामान्यतया दूषीत रहे-नरहेको पत्ता लगाउन पाँच वटा विधि अपनाउदा दूषीत रहेको पाइएको उनले बताए।

    पानी शुद्धिकरण गुणस्तर मापन गर्दा अपनाइने विधिहरु मध्ये सामान्य तथा स्थानीयले नै जानकारी लिन सक्ने गरी जिपिएस तरिकासँगै पिएच (पानीको गुणस्तर), टिडिएस (पानिमा घुलित तत्व), डिओ (जैविक तत्वको मात्रा) र टिएम (तापक्रम) मापन गर्दा खान योग्य नरहेको अर्थात् दूषीत पाइएको हो।

    वातावरण विद् जोशीले भने, ‘दुई वटा मेसिनको प्रयोग नेपाल तर्फको खोला परशुराम नगरपालिका–५ को रंगुन पन्तुरा खोला र  भारत तर्फ उत्तराखण्ड अन्तर्गत चम्फावत जिल्लाको कालीगूँढ पूर्णागिरी ग्रामपञ्चको चल्थी नालाको महाकाली नदीमा मिसिने स्थानबाट सिम्पल संकलन गरी जाँच गर्दा दूषित पाइयो।’

    बस्ती, समुदाय हुँदै बगेका खोला नै महाकालीमा मिसिने भएकाले महाकाली नदीको पानीमा मिसिने स्थानबाट पानी संकलन गरी शुद्धता गुणस्तर मापन गर्दा दूषीत पाइएकाले पानीको थप डिओ र बिओडी  जाँच गरी शुद्धता गुणस्तर मापन पत्ता लगाउन पानी संकलन गरी जाँचका लागि धनगढीमा रहेको ल्याबमा पठाइएको उनले बताए।

    जोगबुढा तथा सुदूरपश्चिमका पहाडी जिल्लामा पानीको शुद्धता गुणस्तर मापन गर्ने ल्याब नभएका कारण नमूना संकलन गरी धनगढी पठाइएको उनले बताए। उनकाअनुसार रंगुन पन्तुरा खोलाको पानी महाकाली नदीमा मिसिने एउटा स्थान समुद्री सतह देखि ३०० मिटर उचाई जिपिएसमा उत्तरमा २९ डिग्री तर्फ ०८ मिनेट ३९ सेकेन्ड, पश्चिममा ८० डिग्री तर्फ १६ मिनेट ३७ सेकेन्डमा पिएच (पानिको गुणस्तर) महत्व ८ दशमलव २ पाइएको छ। टिडिएस (पानिमा घुलित तत्व) ७४ पिपिएम रहेकाले सामान्यतया दूषीत देखिएको हो। जुन शून्यदेखि ५० अंकसम्म प्रयोग गर्न सकिने रूपम लिइन्छ।

    उच्चतम ७ सम्म पानी उपयोग गर्न मिल्ने मानिन्छ। पानीको गुणस्तर ८ दशमलव २ पाइएकाले दूषीत भएको पुष्टी भएको हो। जोशीले भने, ‘रंगुन पन्तुरा खोलाकै दोस्रो स्थान र भारतको चल्थी नालामा पनि एक दुई अंकको तल माथि रहेकाले दूषीत नै रहेको छ।’ बाँकी शुद्धताको गुणस्तर मापन पानीमा कुन कुन घुलित पदार्थ छ? कुहिने कति छ?लगायतका जानकारी ल्याब टेष्टबाट प्राप्त हुने भएकाले पानीको नमुना संलन गरेको २४ घण्टाभित्र ल्याबमा राखी पाँच दिनभित्र जानकारी लिन सकिने उनको भनाइ छ।

    पानी माथिको सुशासनका लागि महाकाली नदी तटीय क्षेत्रमा काम गर्दै आएको ट्रोसा परियोजनाको प्राविधिक सहयोगमा पहिलोपटक महाकाली नदीको पानीमा शुद्धता गुणस्तर मापन गरिएको परशुराम नगरपालिका–६ का वडाध्यक्ष मिनबहादुर चन्दले बताए।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]