अर्थ

नेपाल जापान श्रम सम्झौता आज, नेपालीले काम गर्ने क्षेत्र पहिचान गरिने

चैत ११, २०७५

    काठमाडौं : नेपाल र जापनबीच सोमबार (आज) श्रम सम्झौता हुने भएको छ। जापानमा नेपाली श्रमिक लैजानको लागि नेपाल सरकार प्रतिनिधी र जापान सरकारका प्रतिनिधि बीच श्रम सम्झौता (एमओसी) मा हस्ताक्षर गर्न लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

    जापानले कृषि, मत्स्यपालन, औद्योगिक, होटल, रेष्टुरेन्ट, पर्यटन लगायत १४ क्षेत्रमा नेपाललगायतका नौ देशका श्रमिक लैजाने नीति लिएकोमा नेपालसँग श्रम सम्झौता गर्न थालेको हो। नेपाली कामदारलाई कुन क्षेत्रमा लैजाने भन्ने विषय सम्जौतापछि मात्रै टूंगो लाग्न श्रम मन्त्रालयका प्रतिनिधिहरूले बताएका छन्।

    जापानले पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार नौ देशबाट कामदार लैजाने नीति लिएकोमा नेपालबाट वार्षिक कति भन्ने सवालमा पनि सम्झौता पनि नै नसर्क्यौल गरिने जनाइएको छ। जापानको रोजगारीका लागि १८ वर्षमा माथिका युवा युवती मात्रै योग्य हुने व्यवस्था छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]