अर्थ

बजेटको तयारी अर्थमन्त्रालय, सरोकारवालासँग राय सुझाव माग

चैत ११, २०७५

    काठमाडौं :  अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट निर्माणको तयारी सुरु गरेको छ। अर्थ मन्त्रालयका अधिकारीहरु अहिले बजेट निर्माणका लागि सुझाव संकलनमा व्यस्त छन्।  

    नयाँ बजेटका सम्वन्धमा अर्थमन्त्रालयले आगामी बैशाख १५ गतेसम्म राय सुझाव दिन विज्ञ तथा सरोकारवालाहरूलाई आग्रह गरेको छ।  छलफल गर्ने जनाएको छ। सरोकारवलाहरुसंग प्रत्येक दिनजसो अर्थ मन्त्रालयले छलफल गरिरहेको छ। बैशाख १५ पछि जेठ १५ मा बजेट ल्याउनको लागि आवश्‍यक अन्य प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

    आगामी आर्थिक वर्ष २०७६/७७ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा विद्यमान राजस्व नीति, भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्त:शुल्क, गैरकर तथा राजस्व चुहावट नियन्त्रणका विषयमा अर्थमन्त्रालयले सुझाव माग गरेको छ। राष्ट्रिय योजना आयोगले १४ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ अर्थमन्त्रालयमा पठाएको छ। यही सिलिङभित्र बसेर सरकारले बजेट बनाउनुपर्ने हुन्छ।

    यसअघि अर्थमन्त्रालय सबै मन्त्रालयहरूलाई पछिल्लो पाँच वर्षेका कार्यवझना सहित नीति तथा कार्यक्रम माग गरेको थियो। चालु आर्थिक वर्षमा वित्तीय संघीयताको पहिलो वर्षमा भएको कारण बजेटमा समस्या देखिएमा सरकारले आगामी आर्थिक वर्षमा यसलाई व्यवस्थित गर्ने प्रयास गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]