समाज

१४ वर्षीया किशोरी ११ दिनदेखि बेपत्ता

चैत १२, २०७५

    पर्वत : जलजला गाउँपालिका ७ धाइरिङकी एक किशोरी ११ दिनदेखि बेपत्ता छिन्।  चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनीता रिजाल अझैसम्म पनि सम्पर्कमा नआएकी बुबा महानन्द रिजालले बताए। 

    आफन्त, इष्टमित्र, गाउँ वरपर खोजतलास गर्दा पनि सुनिता नभेटिएको उनको भनाइ छ। उनको परिवारले खोजी गरिदिन भन्दै प्रहरीमा निवेदन दर्ता गराएको छ।अहिलेसम्म उनको बारेमा कुनै जानकारी प्राप्त नभएको प्रहरीले बताएको छ। 

    जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले सुनिताको खोजीका लागि जिल्ला भित्रका सबै प्रहरी युनिट र छिमेकी जिल्लाका प्रहरी कार्यालयहरूमा फोटोसहित जानकारी पठाएको बताए। तर अहिलेसम्म उनको बारेमा केही पनि खबर नआएको उनको भनाइ छ। 

    महानन्दका चार छोरी र पाँच छोरा छन्। केही सुस्त मनस्थितिकी सुनीता कान्छी छोरी हुन्। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]