समाज

युद्ध जितेजस्तै भयो : प्रमुख शाक्य

चैत १२, २०७५

    काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले ससाना काम गर्दा पनि युद्ध जितेजस्तै भएको बताएका छन्। राष्ट्रिय सभागृहमा मंगलबार नयाँ यन्त्रियक कुचो (ब्रुमर)को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

    उनले ब्रुमर सञ्चालन गर्ने कार्य काठमाडौंबासी र महानगरपालिकाको लागि ठूलो उपलब्धि भएको दाबी गरे। उने ब्रमर सञ्चालनको काम पूर्व प्रतिबद्धताअनुसार गरेको बताउँदै विकास एकैपटक नभई क्रमिक ढंगबाट हुने भनाइ राखे। 'विकास भनेको एकैपटक नहुने र क्रमिक ढंगले हुन्छ, यहाँ जनतालाई बोल्नेबितिकै चाहिन्छ,' उनले भने। प्रमुख शाक्यले काठमाडौं विकासका लागि वडाबासी र सञ्चार माध्यमको सहयोगको आवश्यकता रहेको धारणा राखे।

    समाजमा राम्रो काम गरेको समाचार नबन्ने तर, जसले अवाञ्छीत कार्य गरेको छ उसको खोजीखोजी समाचार बनाउने प्रचलन बढेको गुनासोसमेत शाक्यले गरे। 'पेटिकोट लगाएर जुलुस निकाल्यो भने सबै मिडियामा आउँछ, एक जना नांगो भएर सिंहदरबार अगाडि उभियो भने सयौँ जना जान्छन्, सबै मिडियामा कभर न्युज बन्छ,राम्रो काम चाहिँ समाचार नै बन्दैन, मिडियालाई पनि हट न्युज चाहिने रहेछ,' उनले भने।

    भवन निर्माणकर्ताले सामग्री सडकमा जथाभावी छोड्ने गर्नाले पनि सडक फोहोर भएको शाक्यले बताए। मेलम्ची खानेपानी आयोजनको पाइपलाइन बिछ्याउने कामले उपत्यकामा सबैभन्दा बढी धुलो उड्ने गरेको उनको ठम्याइछ। इटालियन ब्रुमरले काठमाडौंको सडकमा रातिको समयमा सडक सफा गर्ने शाक्यले बताए। पहिलो दिन दिउँसो चलाउने र अन्य समयमा बेलुकाको ८ बजेदेखि ४ बजेसम्म चलाउने योजना रहेको उनले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]