समाज

निर्मला पन्त हत्या प्रकरण : अंगुर जिसी नौ लाख धरौटीमा रिहा

चैत १३, २०७५

    कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणका अभियुक्त केन्द्रीय अनुसन्धान व्युरो (सिआईवी) का प्रहरी नायव उपरिक्षक अंगुर जिसी बुधबार रु नौ लाख धरौटीमा छुटेका छन्।

    कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आर्चायको एकल इजलासले जिसीलाई धरौटीमा छाड्न आदेश दिएको हो। थुनछेक बहसपछि अदालतका न्यायाधीश आर्चायको एकल इजलासले जिसीलाई सार्वजनिक न्याय विरुद्धको कसुरमा रु ५ लाख र याताना विरुद्धको कसुरमा रु ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए। जिसीले धरौटी रकम बुझाइसकेको उनले बताए।

    वादीका तर्फबाट जिल्ला सहन्यायाधिवक्ता मोहनी जोशी र प्रतिवादीका तर्फबाट अधिवक्ता पदमराज शर्माले बहस गरेका थिए। निर्मलाकी आमा दुर्गादेवी पन्तले भदौ ४ गते सार्वजनिक न्याय विरुद्धको कसुर  र सोही दिन दिलिप विष्टका दाजु खडक विष्टले याताना विरुद्धको कसुरमा जिसीविरुद्ध अदालतमा मुद्धा दर्ता गरेका थिए। उक्त मुद्दामा फरार रहेका जिसि सोमवार आफै अदालतमा उपस्थित भएका हुन्।

    सोही मुद्दाका अभियुक्त यस अघि  बर्खास्त प्रहरी उपरिक्षक डिल्लीराज विष्ट रु १० लाख ५० हजार धरौटीमा छुटेका छन्। मुद्धा दायर भएकामध्ये तत्कालीन प्रहरी उपरिक्षक ज्ञानबहादुर सेठी रु नौ लाख, प्रहरी निरिक्षक एकेन्द्र खडका रु नौ लाख, प्रहरी निरिक्षक जगदिश भट्ट रु चार लाख धरौटी रकम बुझाएर रिहा भएका थिए।

    यसैगरी, प्रहरी नायव निरिक्षक रामसिंह धामी, रु तीन लाख, हरिसिंह धामी रु तीन लाख ५० हजार, प्रहरी जवान चाँदनी साउद रु दुई लाख ५० हजार धरौटी रकम अदालतमा बुझाएर रिहा भएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]