राजनीति

चीन जोड्ने सडक निर्माणको जिम्मा सेनालाई दिन प्रधानमन्त्रीलाई ज्ञापन
SHARES

चैत १३, २०७५

    काठमाडौं : चीन जोड्ने दार्चुला खलंगा-तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन दार्चुलाबाट संघीय संसद र सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन।

    बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर दार्चुलाका संघीय संसद र सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टीका जनप्रतिनिधिले चीनको ताक्लाकोट जोड्ने सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरिदिन अनुरोध गरेका हुन। संघीय संसद प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले भने, ‘विस्फोटक पदार्थको अभाव र ठेकेदारहरूको ढिलासुस्तीले सडक निर्माण कार्यमा ढिलाइ भएकाले आगामी आर्थिक वर्षबाट दार्चुला तिंकर सडक नेपाली सेनामार्पत संचालनका लागि निर्णय गरिदिनुहुन प्रधानमन्त्रीज्यूसमक्ष अनुरोध गरिएको हो।’

    नेपाली र भारतीय हिन्दुधर्मावलम्बीको पवित्र धार्मिक धाम मानसरोवर जोड्ने र चीनसँगको व्यापारिक दृष्टिले पनि महत्वपूर्ण सडक भएकाले यसको निर्माण छिटो होस् भनेर सेनालाई दिन माग गरिएको सांसद ठगुन्नाले बताए। उनले विस्फोटक पदार्थको अभावले सडक निर्माण ढिलाई भएको र विस्फोटक जिलेटिन सेनामार्फत मात्रै प्राप्त हुने भएकाले पनि यो सडक निर्माणको जिम्मा सेनालाई दिनुपर्ने बताए।

    खलंगा-तिंकर सडकखण्डको ४० किलोमिटर ट्य्राक खोलिएको छ। करिब १४० किलोमिटर सडकको बाँकी ट्य्राक खोल्ने काम नै बाँकी रहेको छ। यो सडकको काम आर्थिक वर्ष २०६७/६८ बाट शुरु भएको हो। यसको अहिले सात किलोमिटर सडक खण्डाको स्तरोन्नतिको काम चलिरहेको छ।

    गोकुलेश्वर एयरपोर्ट संचालन गर्न माग

    दार्चुलाबाट प्रदेश र संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका जनप्रतिनिधिहरूले दार्चुलाको गोकुलेश्वरमा रहेको एयरपोर्ट पुनः संचालनमा ल्याउन प्रधानमन्त्रीसमक्ष ज्ञापन बुझाएका छन।

    लामोसमयदेखि क्षतिग्रस्त अवस्थामा रहेकाले उक्त विमानस्थल पुनः संचालनका लागि बजेट व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो।

    दार्चुलाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसद वगणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशी बडाल, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामी र गेल्बुसिंह बोहराले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन।   

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]