काठमाडौँ : कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणका लागि नेपालमा उच्च तयारी गरिएको छ। भोलि मंगलबार उनी नेपालको औपचारिक भ्...
काठमाडौं : भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आउँदै छन्।
सचिव गोख्ले नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका पक्षमा विचारविमर्श गर्न नेपाल आउन लागेको परराष्ट्र मन्त्रलायले जनाएको छ।
नेपालमा रहँदा सचिव गोख्लेले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि भेट गर्ने कार्यतालिका रहेको छ। झण्डै १५ महीनाअघि विदेश सचिवमा नियुक्त गोख्लेको यो पहिलो औपचारिक नेपाल भ्रमण हो। भारतको विदेश सचिवमा नियुक्त भएपछि पारस्परिक विषयमा छलफल गर्न नयाँ दिल्लीबाट उच्च कूटनीतिक अधिकारीले नेपाल भ्रमण गर्ने परम्परा छ।
दुई सचिवको नेतृत्वमा आजै द्विपक्षीय वार्ता हुनेछ। सचिव गोख्लेसहित सहसचिव सुधाकर दलेला पनि काठमाडौं आउँदैछन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।