स्वास्थ्य

सम्मेलनमा आउने पाहुनाको स्वास्थ्य हेरचाहका लागि ६ अस्पताल तयारी अवस्थामा

चैत १४, २०७५

    काठमाडौं : आगामी शुक्रबार र शनिबार हुने लगानी सम्मेलनका लागि सरकारले उपत्यकाका छ वटा सरकारी अस्पताल तयारी अवस्थामा राखेको छ।

    सरकारले सम्मेलनमा सहभागी हुन आउने पाहुनाहरूमा देखिन सक्ने आकस्मिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै छ वटा अस्पताललाई तयारीमा राखेको हो। वीर अस्पताल, निजामती अस्पताल, त्रिवि शिक्षण अस्पताल, सैनिक अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

    ती अस्पतालहरूले आवश्यकताका आधारमा नजिकका अरू अस्पतालसँग समन्वय गर्ने गरी तयारी गरिएको स्वास्थ्य मन्त्रालयका आपतकालिन तथा विपद् व्यवस्थापन इकाइ प्रमुख चुडामणि भण्डारीले बताए। उनले ती अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीहरू सर्जन, नर्स, प्यारामेडिक्स लगायतको टोलीसमेत तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको जानकारी दिए। उनले भने, ‘सम्मेलनमा आउने पाहुनाहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै यी अस्पतालहरूलाई 'अलट' बस्न पत्रचार गरेका छौँ। अझ वीर अस्पताललाई मुख्यरूपमा अलट बस्न भनेका छौँ।‘

    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गर्ने सो सम्मेलनमा ४० देशबाट ६०० जनाभन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति हुने बताइएको छ। सम्मेलनमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था नेपाली निजी क्षेत्र गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्ताको सहभागिता रहने बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]