काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले त्रिविमा ७ हजार ६७४ जना कर्मचारी रहेको जनाएको छ। त्रिविका उपकुलपति प्राडा केशरजंग बरा...
जनकपुरधाम : माध्यमिक परीक्षा बोर्ड (एसईई) को प्रश्नपत्र लगातार दुई दिन स्थगन भएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। बुधवार अनिवार्य विज्ञान र बिहीबार सामाजिक विषयको परीक्षा स्थगन भएको विरोधमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।
परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थी जनकपुरधामको पिडारी चोक, भानु चोक, रामानन्द चोक लगायतका स्थानमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् । विद्यार्थीहरू सडकमा टायर बालेर प्रदेश तथा संघीय सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।
नियोजित रूपमा प्रश्नपत्र 'आउट' गरेर परीक्षा रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै उनीहरूमा प्रदर्शनमा उत्रिएका हुन्। बुधवार सप्तरीबाट अनिवार्य विज्ञान विषयमा प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो।
बिहिीबार जनकपुरधामबाट सामाजिक अध्ययन विषयको प्रश्नपत्र बाहिरिएपछि शुक्रबारको परीक्षा स्थगन गरिएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।