स्वास्थ्य

एक बोत्तल मदिरा र ५ खिल्ली चुरोटको असर समान

चैत १५, २०७५

    चुरोट र मदिराको क्यान्सरको खतराबारे अनुसन्धानकर्ताले एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन।

    बीबीसीमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार ५ देखी १० खिल्ली चुरोटबराबर १ बोत्तलको स्वास्थ्यमा पर्ने खतरा बराबर हुने देखिएको छ। १० खिल्ली चुरोट र ७५० मिलीलिटर मदिराको स्वास्थ्यमा पर्ने दुष्प्रभाव समान देखिएको हो।

    ५ देखी १० खिल्ली चुरोट र ७५० मिलिलिटर मदिरामा क्यान्सर गराउने खतरा बराबर हुने अध्ययनबाट देखिएको हो। एक हप्तामा ७५० मिलिलिटर मदिरा पिउनु र महिलाले ५ खिल्ली तथा पुरुषले १० खिल्ली चुरोट सेवन गर्नु क्यान्सरका लागी उत्तिनै घातक हुने बेलायतका अनुसन्धानकर्ताले सार्वजनिक गरेका हुन।

    मदिरा पिउने धेरै मानिसका लागि त्यसको तुलनामा चुरोट पिउनु धेरै खतरनाक सावित हुनसक्ने र यसबाट उनीहरूलाई क्यान्सरको खतरा धेरै हुने विशेषज्ञको भनाइ छ। यस जोखिमलाई कम गर्न चुरोट सेवन पूर्ण रूपमा छाड्नुपर्ने अध्ययनको निष्कर्ष छ।

    एक महिला र पुरुषले एक सातामा १४ यूनिटभन्दा बढी मदिरा पिउन नहुने विशेषज्ञहरूको भनाइ छ। यो बियरको ६ बोटल र ६ गिलास वाइन बराबर मानिन्छ। स्वास्थ्य अवस्था नाजुक भएका बेला भने मदिरा सेवनको कुनै मात्रा निर्धारित नहुने उल्लेख गरिएको छ।

    अनुसन्धानले कम मदिरा पिउने मानिस पनि क्यान्सरको खतराबाट मुक्त भने नरहेको देखाएको छ। चुरोट सेवन नगर्ने तर एक हजार पुरुष र एक हजार महिला सात्तामा एक बोत्तल मदिरा पिए करिब १० भन्दा बढी पुरुष र १४ जनाभन्दा बढी महिलाको जिवनकालमा क्यान्सरको खतरा बढ्ने अध्ययनकर्ताको निष्कर्ष छ।

    मदिरा पिउने महिलामा स्तन तथा पुरुषमा पेट र कलेजोको क्यान्सर हुने खतरा बढी हुन्छ। अनुसन्धानकर्ताको टोलीले क्यान्सर रिसर्च यूकेको क्यान्सरको खतरामा आधारित तथ्यांक प्रयोग गरेका थिए। यससँगै सूर्तीजन्य पदार्थ र मदिराबाट हुने क्यान्सरका बिरामीको तथ्यांकको अध्ययन गरेका थिए।

    यद्धपी उमेर, परिवारको जिन, खानपान र जीवनशैली पनि क्यान्सरको कारक हुनसक्ने चिकित्सकले जनाएका छन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]