काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा एमालेले आफूलाई भाइ कांग्रेस बनाउन नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ...
जुम्ला : स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवले कर्णालीमा दक्ष स्वास्थ्यकर्मी उत्पादनमा टेवा पुर्याउने बताए। मन्त्री यादवले कर्णालीका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर प्रभावकारी सेवा दिने बताएका हुन्।
स्वास्थ्य जनसंख्यामन्त्री यादवले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य अनुसन्धानको केन्द्र बनाउने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्कुल अफ पब्लिक हेल्थअन्तर्गत स्नातक तह जनस्वास्थ्य कार्यक्रमको समुद्घाटन गर्दै स्वास्थ्यमन्त्री यादवले कर्णालीलाई स्वास्थ्य क्षेत्रको केन्द्र बनाउनेतर्फ सरकार लागि परेको बताएका हुन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमडिजीपी र एमबीबीएस कार्यक्रम सञ्चालनका लागि आवश्यक भौतिक संरचना निर्माण, औजार उपकरण र दक्ष जनशक्ति जुटाउने कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहयोग गर्न तयार रहेको प्रतिबद्धता गरे। कर्णालीको स्वास्थय अवस्था विश्लेषण गरिसकेकोले आगामी बस्ने संसदमा कर्णालीका स्वास्थ्य क्षेत्रको विषयमा छलफल गर्ने बताए।
उपप्रधानमन्त्री यादवले कर्णालीको विकास केन्द्रीकृत सत्ताको कुदृष्टिका कारण पछि परेको सुनाएका हुन्। कर्णालीको स्वास्थ्य क्षेत्र मात्रै होइन। समग्र क्षेत्रको विकासका लागि सरकार लागि परेको बताए। उनले भने तीन वटै तहको प्रयासबाट पिछडिएको क्षेत्रको विकास संभव छ। कर्णालीको जल, जंगल, जडिबुटी जस्ता विशेषताले समृद्धि हासिल गर्न सकिने बताए।
कर्णालीमा प्रभावकारी योजना निर्माणको आवश्यकता छ र लगानी गर्न जरुरी रहेको छ। स्वास्थ्यमन्त्री यादवले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत अवलोकन गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।