खेलकुद

वार्नर चम्किँदा स्यामसनको शतक छायामा

चैत १६, २०७५

    इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्समाथि सनराइजर्स हैदरावादले पाँच विकेटको सहज जित हात पारेको छ। प्रतियोगिताको आठौं खेलमा  १९९ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले १९ ओभरमा पाँच विकेट गुमाएर २०१ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।

    हैदराबादका लागि ओपनर डेविड वार्नर सानदार ब्याटिङ गरे। सुरुवातदेखि नै आक्रमक रुपमा प्रस्तुत भएका वार्नरले ३७ बलमा नौ चौका र दुई छक्का प्रहार गर्दै ६९ रनको महत्त्वपूर्ण योगदान दिए। वार्नरले अर्का ओपनर जोनी ब्यारिस्टोसँग ९.४ ओभरमा ११० रनकोे शतकीय साझेदारी गर्दै हैदरावादलाई जिततर्फ डोर्‍याएका थिए। १० औं ओभरमा बेन स्ट्रोक्सले धवन कुलकर्णीबाट क्याच गराउँदै वार्नरलाई आउट बनाएका थिए। जोनीले २८ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ४५ रन बटुले।

    विजय शंकरले १५ बलमा एक चौका र तीन छक्का सहित ३५ रनमा आउट भए। युसुफ पठान १६ र राशिद खान १५ रनमा अविजित रहे। राशिदले १९ औं ओभरको पाँचौ बलमा चौका र छैटौँ बलमा जोफ्रा आर्चरलाई छक्का हान्दै सहजै जिताए। राजस्थानका लागि श्रेयर गोपालले तीन,बेन स्टोक्स र जयदेव उनादकटले समान एक विकेट लिएपनि टिमको हार टार्न सकेनन्।

    त्यसअघि राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियम हैदरावादमा टस जितेर पहिले ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १९८ रन बनाएको थियो। चौथो ओभरको दोस्रो बलमा राशिद खानले जोस बटलरलाई पाँच रनमा बोल्ड गरे पनि तेस्रो नम्बरमा ब्याटिङका लागि आएका सन्जु स्यामसनले मैदानमा चौका र छक्काको वर्षा गराउँदै ५४ बलमै सानदार शतक प्रहार गरे। जारी सिजनको पहिलो शतक प्रहार गरे पनि टिमका लागि उक्त सतक खेल जित्न भने पर्याप्त भएन।

    सन्जु ५५ बलमा १० चौका र चार छक्का प्रहार गर्दै १०२ रनमा अविजित रहे। सन्जुले २० औं ओभरको तेस्रो बलमा भुवनेश्वर कुमारलाई चौका प्रहार गर्दै आफ्नो आइपिएल करियरमा दोस्रो शतक पूरा गरेका थिए। कप्तान अजिंक्या रहाणेले ४९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ७० रनको महत्वपूर्ण योगदान दिए। दोस्रो विकेटका लागि रहाणे र सन्जु स्यामसनले ११९ रनको सतकीय साझेदारी गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]