अर्थ

लगानी सम्मेलन : आज यी परियोजना गरिँदैछ ‘रिजर्भ’

चैत १६, २०७५

    काठमाडौं : लगानी सम्मेलनका क्रममा झण्डै एक दर्जनभन्दा बढी परियोजना 'रिजर्भ'को तयारी भएको छ। शनिबार १० बजेपछि परियोजना 'बुकिङ' गरिने जनाइएको छ।

    एक दर्जन परियोजनामा पहिले नै प्रतिबद्धता जनाएका विदेशी लगानीकर्ताहरूले शनिबार अनलाइनमार्फत आवेदन दिन लागेका हुन्। दुईवटा जलविद्युत् आयोजनामा चिनियाँले र एउटा जलविद्युत् आयोजनामा भारतीय लगानीकर्ताले लगानी गर्ने तयारी भएको लगानी बोर्डले जनाएको छ।

    एक अर्ब ६५ करोड लागत अनुमान गरिएको तमोर स्टोरेज हाइड्रोइलेक्ट्रिक र २६ करोड ९० लाख लागत अनुमान गरिएको कालगण्डकी गोर्ज परियोजनामा चाइनिज कम्पनीले लगानीको लागि आवेदन दिने भएका छन्। त्यस्तै चाइनिज कम्पनीले २६ करोड ५० लाख लागत अनुमान गरिएको सामाखुशी–टोखा–छहरे सडकमा लगानी गर्ने जनाएको छ। तमोर र टोखा-छहरेमा चाइना मेसिनरी इन्जिनियरिङ कम्पनीले लगानी गर्ने जनाइएको छ।

    त्यस्तै एक अर्ब ३० करोड लागत अनुमान गरिएको तल्लो अरुणमा भारतीय कम्पनीले लगानी गर्ने जनाएको छ। चीनको एक कम्पनीले ७७ परियोजनामा नपरे पनि खानेपानी परियोजनामा लगानी गर्ने जनाएका छन्। लगानी बोर्डकाअनुसार लगानी कुनै पनि परियोजनामा लगानी गर्ने इच्छा राख्ने लगानी कर्ताले लगानी बोर्डको वेबसाइडमा राखिएको अनलाइन फर्म भर्नु पर्नेछ।

    १० हजार रुपैयाँ फर्म शुल्कसहित अनलाईन फर्म भर्नु पर्ने व्यवस्था गरिएको छ। त्यस्तै भारतको मुथुट ग्रुपले नेपाली बैंकिङ क्षेत्रमा लगानी गर्ने जनाएको छ। नेपाली लगानीकर्ताहरूले पनि यो समयमा केही लगानी विस्तार गर्ने जनाएका छन्।

    ७७ परियोजना तयार गरेर शुक्रबार सुरु भएको लगानी सम्मेलन शनिबार आज सकिँदैछ। सम्मेलनमा ६०० बढी विदेशीसहित एक हजार लगानीकर्ताको सहभागिता छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]