समाज

जुम्लाका स्वास्थ्यकर्मीले पाएनन् ६ महिनादेखिको तलब

चैत १६, २०७५

    सिञ्जा : जुम्लाका सात स्थानीय तहका स्वास्थ्यकर्मीले तलबभत्ता भुक्तानीका लागि पहल गरिदिन माग गरेका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले छ महिनाको तलबभत्ता भुक्तानी माग गरेका हुन्। 

    नेपाल स्वास्थ्यकर्मी सङ्घ, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सङ्गठन, नेपाल नर्सिङ सङ्घलगायतले संयुक्तरूपमा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेमार्फत ध्यानाकर्षण गरेका हुन्। स्वास्थ्यमन्त्री उपेन्द्र यादव जुम्ला आइपुग्ने कार्यक्रम भएकाले तलबभत्ताका लागि परामर्श गरिदिन आग्रह गरेका थिए। 

    ज्ञापनपत्रमा कात्तिकदेखि हालसम्मको तलबभत्ता नपाएको र पटक–पटक सम्बन्धित निकायमा पहल गर्दा पनि सुनुवाइ नभएकाले कर्मचारीको दैनिक जीवन कष्टकर भएको उल्लेख गरिएको छ । सरकारबाट तलबभत्ता शीर्षकमा विनियोजित बजेट जुम्लामा कार्यरत स्वास्थ्यकर्मीको वार्षिकरूपमा अपुग हुँदै आएकाले आर्थिक वर्ष २०७४\७५ र २०७५\७६ मा अपुग तलबभत्ता शीर्षकमा रकम थप गरी पठाउनका लागि आवश्यक पहल गरिदिन माग गरेका हुन् । 

    उनीहरूले समायोजन प्रक्रियामा प्रशासनतर्फका कर्मचारीलाई एक तह बढुवा गरी समायोजन गरेकाले स्वास्थ्य सेवाका कर्मचारीलाई पनि सोहीअनुसार एक तह बढुवा गरी तहगत प्रणालीमा सम्मानजनक समायोजन गर्न माग गरेका हुन्। प्रमुख जिल्ला अधिकारी बञ्जाडेले स्वास्थ्यकर्मीले तलब नपाएको विषयमा स्वास्थ्यमन्त्रीसँग कुरा राख्ने बताउनुभयो । 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]