समाज

गर्भवती महिलाको डुबेर मृत्यु

चैत १६, २०७५

    कञ्चनपुर : वेदकोट नगरपालिका–१ चम्फापुरका २० वर्षीया गर्भवती महिलाको डुबेर मृत्यु भएको छ।  मृत्यु हुनेमा रीना राना भएको प्रहरी जानकारी दिएको छ।

    खोलामा लुगा धुने क्रममा शनिबार बिहान डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। राना छारेरोगी रहेकाले लुगाधुने क्रममा पानीमा लड्दा उठ्न नसकी मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। 

    ‘गत वर्षको पुसमा छोराको विवाह गरेका हौँ,’ रीनाका ससुरा भजौरा रानाले भने, ‘गर्भवती थिइन्। छारे रोगको औषधि सेवन गर्दै आएकी थिइन्।’ 

    स्थानीयले बुहारी डुबेको खबर गरेपछि खोलामा पुग्दा बुहारीको मृत्यु भैसकेको अवस्थामा फेला पारेको उनले बताए। शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]