समाज

अनियमियता गरेको भन्दै सहकारीमा तालाबन्दी

चैत १६, २०७५

    कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-५ राजपुर खजुवामा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थामा समितिका केही पदाधिकारी र कर्मचारीको मिलोमतोमा अनियमियता भएको भन्दै शनिबार उपभोक्ताले तालाबन्दी गरेका छन्।

    सहकारीको १० लाख बढी रकम अनियमियता भएको उपभोक्ताले आरोप लगाउँदै उक्त घटनाको छानबिन नहुँदासम्म तालाबन्दी जारी रहने बताएका छन्। बैंकको खाताबाट आफू खुसी रकम झिकेर अनियमियता गरेको सहकारीका उपभोक्ता शिवी लुहारले बताए। सहकारीका कर्मचारी गणेश विकले केही दिनअघि बैंकको खाताबाट रकम झिकेर चलाएको साँचो भएको बताए।

    'रकम झिकेका थियौं' उनले भने, ‘पुनः झिकेर चलाएको रकम बैंकमा जम्मा गरेका छौँ।’ उनका अनुसार सहकारीमा विद्युत महशुलबापत मासिक रुपमा  ४०/५० हजारको हाराहारीमा रकम उठने गर्दछ। 

    धेरै विद्युत मिटर बिग्रिएकाले मर्मतका लागि रकम खर्च गरिएको उनले बताए। बैंकको खातामा अहिले तीन लाख ८२ हजार रकम जम्मा रहेको उनको भनाइ छ। स्थानीय उपभोक्ताले पदाधिकारी र कर्मचारीलाई बोलाएर रकम अनियमियताको छानबिन गरिने जनाएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]