साहित्य

६ जनालाई 'नइ पुरस्कार'

चैत १६, २०७५

    काठमाडौं : नइ प्रकाशनले विविध क्षेत्रका छ जना व्यक्तित्वलाई २०७५ सालको 'नइ पुरस्कार' समर्पण गर्ने घोषणा गरेको छ।

    सनातन हिन्दुधर्म, संस्कृतिको सम्वर्द्धन, संरक्षण तथा जागरणमा लागेका श्री १००८ स्वामी रमणानन्द गिरीलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निर्णय भएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले बताए। उनका अनुसार नेपालको राष्ट्रियता र राष्ट्रिय भौगोलिक अखण्डता र मातृभूमिप्रति दिएको विशिष्ट योगदानका लागि चन्द्रप्रकाश मैनालीलाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।

    त्यसैगरी, नेपाली भाषाको श्रीवृद्धिका लागि समर्पित रहँदै नेपाली साहित्यको प्रतिष्ठा बढाउन विशिष्ट योगदानका निम्ति प्राडा. चूडामणि बन्धुलाई ‘नइ खरा सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ। नेपालको आधुनिक इतिहासलाई निष्पक्ष र सकारात्मक रुपमा परिमार्जन गर्दै नेपालको इतिहासको अध्ययन लागेको प्राडा. त्रिरत्न मानन्धरले ‘नइ भूपालदुर्गा पुरस्कार’ प्राप्त गर्ने भएका छन्।

    त्यसैगरी, साढे सात दशकअघिदेखि चित्रकलामा लागेका र नेपालमा पहिलोपल्ट एकल चित्रकलासमेत प्रदशर्नी गर्ने गेहेन्द्रमान अमात्यलाई ‘नइ यउजा पुरस्कार’ समर्पण गर्ने निर्णय उनले बताए। काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यको लागि महत्वपूर्ण योगदान पुर्‍याउने स्याङ्जाका देवीप्रसाद वनवासीलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गर्ने निर्णय भएको नइ प्रकाशनका सदस्यसचिव प्रसाईंले बताए।

    उनका अनुसार ताम्रपत्रका साथै यी सबै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ रहेका छन्। नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो।

    शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०० औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा शताब्दी पुरुषकै हातबाट 'नइ पुरस्कार'हरू समर्पण गरिने नइ प्रकाशनका सदस्यसचिव प्रसाईंले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]