पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
संखुवासभा : जिल्लाकाे भोटखोला गाउँपालिका कार्यालयमा आगलागी भएको छ। शुक्रबार १२ बजे आगोलागी हुँदा डेढ करोड बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। वडा ३ को हटिया गोलामा रहेको गाउँपालिकाको कार्यालयमा मध्यरात आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आगलागीबाट गाउँपालिकाको सम्पूर्ण कागजात, फर्निचर, ग्यास सिलिन्डर लगायतका सामग्री पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ। कार्यालयमा आगो कसरी लाग्यो भन्ने जानकारी नभएको प्रहरीको भनाइ छ। मौसम खराबीका कारण थप जानकारी नआएको बुझिएको छ। घटना स्थल सदरमुकाम खाँदबारीदेखि ३० कोष टाढा पर्छ। केही महिना अघि भोटखोलाको वडा ३ को कार्यालयमा अज्ञात समूहले आगो लगाएको थियो।
अज्ञात समूहले भोटखोलाको कार्यालय सदरमुकाम खाँदबारीबाट संचालन गरिएका आगजनी गरिएको पर्चा भेटिएको थियो। भोटखोलाको गाउँपालिकाको कार्यालय अहिले पनि सदरमुकाम खाँदबारी मै राखिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।