काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले विद्युतीय सहुलियत घोषणा गर्ने तर प्राधिकरणलाई सहयोग नगर...
काठमाडौं : अर्थमन्त्री डा युवराज खतिवडाले ‘नेपाल लगानी सम्मेलन २०७५’ नेपालमा लगानीका अवसर पहिल्याउन सफल भएको दावी गर्नु भएको छ। सम्मेलनको समापनमामन्त्री खतिवडाले सरकारले निजी क्षेत्रसँग हातमा हात मिलाएर आर्थिक समृद्धिको यात्रामा अघि बढ्न तप्पर रहेको उल्लेख गर्दै विदेशी कम्पनी र सहभागीसँगको सहकार्यलाई निरन्तरता दिइने बताए।
सम्मेलनका संयोजक खतिवडाले विभिन्न आयोजनको प्रस्तुति, उत्साहजनक सहभागिता, औपचारिक र अनौपचारिक छलफलले नेपालको लगानीको अवसर पहिल्याएको जनाउँदै नेपालमा व्यावसायिक सञ्जाल विस्तार गर्न विदेशी लगानीकर्तालाई आग्रह गरे।
उनले प्रस्तावित परियोजनामध्ये निकट भविष्यमा सम्झौताका चरणमा समेत रहेको जानकारी दिँदै नेपाल लगानीमैत्री र समृद्धिका दृष्टिले दक्षिण एशियामा उदाहरणीय बन्ने बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।