समाज : सुरक्षा/अपराध

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कास्की प्रमुख पक्राउ

विप्लव, फाइल फोटो
चैत १६, २०७५

    पोखरा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्टपार्टीका कास्की जिल्ला प्रमुख पक्राउ परेका छन।

    विप्लवका कास्की प्रमुख रामकाजी गुरुङलाई शुक्रबार साँझ पोखरा–२५ याम्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए।

    पोखरा–११ फूलबारी घर भएका गुरुङ विप्लव समूहका जिल्लाका प्रभावशाली नेता हुन। प्रहरीले गत साता सोही समूहका तमुवान जनपरिषदका संयोजक लेखनाथ निवासी किसानसिंह गुरुङलाई पक्राउ गरेको थियो।

    कास्की जिल्ला प्रमुखसँगै प्रतिबन्ध लागेपछि विप्लव नेतृत्वको नेकपाका गण्डकी प्रदेशका २२ जना नेता कार्यकर्ता पक्राउ परेका छन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]