स्वास्थ्य

उदयपुर कारागारका अधिकांश कैदीबन्दीे आँखाको रोगी

चैत १७, २०७५

    उदयपुर : जिल्ला कारगार उदयपुरमा रहेका अधिकांश कैदीबन्दी आँखा रोगी भएको पाइएको छ। नेपाल नेत्र ज्योति संघ उदयपुरले शनिबार कारागारमा सञ्चालन गरेको आँखा तथा कान शिविरमा अधिकांश कैदीबन्दी आँखा रोगी भएको पाइएको हो।

    संघका अध्यक्ष भागवत राउतका अनुसार शिविरमा ८७ जनाको आँखा जाँच गरिएकोमा ६४ जनामा आँखाको समस्या भएको पाइएको हो। ‘४० देखि ६८ वर्ष समूहका कैदीबन्दीहरुमा आँखामा नजिक हेर्ने समस्या छ,’ उनले भने, ‘२९ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ।’ शिविरमा परीक्षण गराइएकामध्ये दुई जना आँखाको र १३ जनाको कानको अपरेसन गर्नुपर्ने छ। 

    कारागारमा तीन बालबालीकासहित १६६ जना कैदीबन्दी रहेका छन्। शिविरमा उपचारसहित निःशुल्क औषधि र चस्मा वितरण गरिएको छ। यसअघिका शिविरमा उपचार मात्र गरिँदै आइएको कैदीबन्दीहरुले बताएका छन्। विभिन्न अपराध गरेर कैद भुक्तानी गरिरहेका उनीहरुलाई बाहिर गएर उपचार गराउन सुरक्षालगायतका कारणले समस्या हुने गरेकोका कारागारमा नै शिविर संचालन गरिएको नेत्र ज्योति संघ उदयपुरले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]