काठमाडौं : कोपा अमेरिकाको समूह विभाजन गरिएको छ। यस वर्षको कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र र ६ देश उत्तर र सेन्ट्रल ...
स्पेनिस ला लिगामा लियोनल मेसीको २–गोलको मद्दतले स्पानियोलमाथि सहज जीत निकालेको छ।
शनिबार राति भएको खेलमा बार्साले घरेलु मैदानमा स्पानियोललाई २–० गोल अन्तरले पराजित गर्यो। बार्सिलोनाको जीतमा कप्तान लियोनल मेसी नायक बने । उनकै दुवैै गोलमा बार्सिलोनाले स्पानियोलमाथि जीत हात पारेको हो।
पहिलो हाफसम्म बार्सिलोनालाई स्पानियोलले गोलरहित बराबरीमा रोकेको थियो। दोस्रो हाफको ७१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ८९औं मिनेटमा मेस्सीले फेरि अर्को गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए।
शनिबार राति नै भएका अन्य खेलमा लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले अलाभेसलाई ४–० गोलअन्तरले पराजित गर्दा सेल्टा भिगोले भिल्लारियललाई ३–२ ले र लेगानेसले गेटाफेलाई २–० गोलअन्तरले पराजित गरेका छन्।
ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २९ खेलबाट ६९ अंक भएको छ। दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट ५९ अंक छ। लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिडको भने २८ खेलबाट ५४अंक छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।