विश्व

उपराष्ट्रपतिमाथि आतंकारी आक्रमण, अंगरक्षकको मृत्यु

चैत १७, २०७५

    अफगानिस्तानका उपराष्ट्रपति अब्दुल रसिद दस्तुम आतंकवादी आक्रमणबाट बच्न सफल भएका छन्। 

    आक्रमणमा उनका  एक अंगरक्षकको मृत्यु भएको छ भने दुई अंग रक्षक घाइते भएका छन्। अफगानिस्तानको उत्तरी बाल्ख प्रान्त भ्रमणका क्रममा दस्तुममाथि तालिबान आतंकवादी संगठनले आक्रमण गरेको थियो। 

    उपराष्ट्रपति रसिद निकै थोरै सेकेन्डले बच्न सफल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। उनीमाथि गत जुलाई महिनामासमेत आक्रमणको प्रयास भएको थियो। 

    दोस्रो पटक आतंकवादी आक्रमणबाट बच्न सफल भएको  अफगान अधिकारीहरुले जनाएका छन्। यसै महिना राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा १४ जनाको मृत्यु भएको थियो। जसको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]