खेलकुद

ओलम्पिक छनोटका लागि नेपाली महिला टिम म्यानमार प्रस्थान

चैत १७, २०७५

    नेपाली राष्ट्रिय महिला फुटबल टिम ओलम्पिक छनोटको दोस्रो चरण खेल्न म्यानमार प्रस्थान गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक कार्यक्रमका बीच महिला फुटबल टिमको विदाई गरेको हो।

    कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले छनोट प्रतियोगितामा महिला टिमले इतिहास रच्ने विश्वास व्यक्त गरे। उनले नेपाली महिला टिमले आफ्नो सनसनीपूर्ण प्रदर्शनलाई ओलम्पिक छनोटमा पनि कायम राख्ने विश्वास व्यक्त गरे। नेपाली राष्ट्रिय महिला फुटबल टोली दिउँसो ३ बजे म्यानमार प्रस्थान गर्ने एनफाले जनाएको छ।

    ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले भारत र आयोजक म्यानमारसँग समान १–१ गोलको बराबरी खेल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो। दोस्रो चरणको छनोट प्रतियोगितामा नेपाल समूह 'बी' मा रहेको छ। नेपाल सम्मिलित समूहमा आयोजक म्यानमारसहित भारत र इन्डोनेशिया छन्।

    नेपालले आफ्नो पहिलो खेलमा आयोजक म्यानमार, दोस्रो खेलमा भारत र अन्तिम खेलमा इन्डोनेशियाको सामना गर्नेछ। नेपालले अप्रिल ३ मा पहिलो खेलमा म्यानमारसँग खेल्नेछ। त्यस्तै अप्रिल ६ मा भारत र अप्रिल ९ मा इन्डोनेसियासँग खेल्नेछ। समूहको शीर्ष स्थानमा रहने टिम अघिल्लो चरण प्रवेश गर्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]