राजनीति

हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि दबाब दिन हस्ताक्षर संकलन

चैत १७, २०७५

    काठमाडौं : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि सरकारलाई दबाव दिन आइतबारबाट काठमाडौंलगायत देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।

    ८१ प्रतिशत हिन्दुहरू रहेको मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि सरकारलाई दबाव दिन राप्रपाले देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरेको हो। काठमाडौं, ललितपुर र भक्तपुरको हस्ताक्षर संकलन अभियान भने संयुक्त रुपमा काठमाडौंको बसन्तपुरबाट सुभारम्भ गरिएको छ।

    विश्वकै हिन्दुहरूको पहिचानका लागि पनि नेपाललाई हिन्दु राष्ट्र पुनर्स्थापना गर्न एक हप्ते हस्ताक्षर संकलन अभियान संचालन गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए। राप्रपाले हिन्दु राष्ट्र पुनर्स्थापनाको अभियानको नेतृत्व गर्ने जिम्मा वरिष्ठ उपाध्यक्ष तामाङलाई दिएको छ।

    हिन्दु राष्ट्रका लागि हस्ताक्षर गर्दै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ।

    संकलन गरिएको सो हस्ताक्षर आगामी चैत२३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने राप्रपाको योजना छ। ८१ प्रतिशतभन्दा बढी हिन्दुहरू बसोबास रहेको मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापना गर्न सरकारलाई दबाव दिन सो हस्ताक्षर संकलन अभियान सुरु गरिएको पनि वरिष्ठ तामाङले बताए।

    राप्रपाले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि दबाव दिन मेची-महाकाली अभियान पनि संचालन गरेको थियो। अभियान करिव २५ दिन चलेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]